आई.एम.ई. लाईफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई

आई.एम.ई. लाईफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई

काठमाडौं, चैत २६

आई.एम.ई.लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको एक सय ८८ औं बैठकले चौंलागाईलाई उक्त पदमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरकोरुपमा नियुत्त भएका हुन ।

नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतकोरुपमा आवद्ध रहेका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स कं लिमिटेडमा प्रदेश प्रमुख, शाखा प्रमुखकोरुपमा काम गरेको अनुभव रहेको छ ।