स्व.गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु” सार्वजनिक
काठमाडौं, चैत २८
स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु” गीतको भिडियो बजारमा आएको छ ।
देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।
कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा, श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/tOZ-5bejOjE?si=ZqCVykgFdKhmV65K