अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

झापा, चैत २८  

बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ सैनिक मोड बस्ने २५ वर्षीय अनिल कुमार राजवंशी र कन्काई नगरपालिका–९ बस्ने २६ वर्षीय ललित कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी दमक नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय  गोपाल लाम्जेल सार्की रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।