नेप्सेमा दोहोरो अ्रंकले गिरावट

नेप्सेमा दोहोरो अ्रंकले गिरावट

काठमाडौं, चैत २८ 

नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९६ अंकले घटेर तीन सय ५८ दशमलव १९ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ६१ हजार चार सय १० पटकको कारोबारमा ८६ लाख ९६ हजार नौं सय १८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा उत्पादमुलक र टे«डिङ समुहको सुचक बढेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक घटेका छन् ।

नेप्सेमा आज माण्डु हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाएको छ भने सिंगटी हाईड्रो इर्नर्जी कम्पनीले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।