डुबेर मृत्यु

डुबेर मृत्यु

मोरङ, चैत २८ 

उर्लावारी नगरपालिका–२ स्थित पोखरीमा डुबेर पथरीशनिश्चरे नगरपालिका–१ हनुमान चोक बस्ने पुन्य प्रसाद गौतमको छोरा ११ वर्षीय सूर्य गौतमको मंगलबार दिउँसो मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।