सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतिय गाडी व्यवस्थापन सम्बन्धि तालिम प्रदान

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतिय गाडी व्यवस्थापन सम्बन्धि तालिम प्रदान

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतिय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ । तालिममा विद्युतिय गाडी सम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानिहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराईएको थियो । 

 

यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कायक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए । तालिम पश्चात सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । साथै यस कार्यक्रममा सहभागी भई विद्युतिय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्राप्त गर्नुहुने ट्राफिक प्रहरीहरुलाई सिप्रदीका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।