बिसं २०८१ साललाई नेप्सेको लालसलाम ! नयाँ सालको सुरुवाती कारोबार दिन नैं झण्डै तीन अंकले घट्यो नेप्से

बिसं २०८१ साललाई नेप्सेको लालसलाम ! नयाँ सालको सुरुवाती कारोबार दिन नैं झण्डै तीन अंकले घट्यो नेप्से

काठमाडौं, बैशाख २


बिसं २०८१ साललाई नेप्सेले लालसलाम दिएको छ । बिसं २०८१ सालको पहिलो कारोबार दिन आज आईतबार पनि घटेको छ । नेप्से आज दुई दशमलव ३५ अंकले घटेर दुई हजार २३ दशमलव २५ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य एक अंकले बढेर तीन सय ५८ दशमलव २० अंकमा चढेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ५९ हजार ४२ पटकको कारोबारमा ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ रुपैयाँको सेयर कारोबार भएको छ । 


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा चार वटा समुहहरुको सुुचक बढेपनि बाँकी नौं वटा समहहरुको सुचक भने घटेका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, लघुवित्त र टे्रडिङ समुहको सुुचक बढेका छन भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेका छन् । 


नेप्सेमा आज सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य बढ्दा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य घटेको छ । सानिमा माई हाईड्रो पावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।