नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ’अदभूत माया’

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ’अदभूत माया’

काठमाडौं, बैशाख ३ 

नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ’स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत ’अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।

मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ’स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन । गीत गायन देखि संगीत कर्मसम्म त्यतिकै पोख्त ’स्माइल’ ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।  

भिडियो लिंक
https://youtu.be/BjVSsOMKNtA?si=ZS08cNGRmgd6PoqM