सेयर बजार राताम्मै १६ अंकले घट्दा दुई अर्ब ७९ करोडको कारोबार

सेयर बजार राताम्मै १६ अंकले घट्दा दुई अर्ब ७९ करोडको कारोबार

काठमाडौं, बैशाख ३


नेप्से घटेर राताम्मै भएको छ । अघिल्लो दिन दुई दशमलव ३५ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १६ दशमलव ८२ अंकले घटेर दुई हजार छ दशमलव ५२ अंकमा पुगेको छ ।  सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले घटेर तीन सय ५५ दशमलव ७८ अंकमा पुगेको छ ।  


नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय २४ पटकको कारोबारमा ७२ लाख २३ हजार सात सय ७३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ रुपैंयाँ कायम भएको छ । 


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ५५ अंकले घटेको छ भने बिकास बैंक समुहको सुचक पनि २२ दशमलव शुन्य आठ अंकले घटेको छ । फाईनान्स समुहको सुचक पनि ३३ दशमलव ५३ अंकले घटेको छ भने जलबिद्युत समुहको सुचक पनि २४ दशमलव १५ अंकले घटेको छ । जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव २७ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको सुचक ५१ दशमलव ४५ अंकले घटेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 


नेप्सेमा आज माछापुच्छे« बैंकको ऋणपत्रको सेयर मुल्य उच्च अंकले बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य उच्च अंकले घटेको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।