मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, बैशाख ३ 

जाजरकोटको भेरी नगरपालिका–१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका–३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका–३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।  

भोजपुरको आमचौक गाउँपालिका–१ गैरीगाउँ उत्तिस बारीमा सोही ठाउँ बस्ने ४८ वर्षीय डिक बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोल बस्ने ८२ वर्षीय रामशरण दास तत्मा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–७ सिउनिया बस्ने ६५ वर्षीय राजाराम चौधरी सोही ठाउँस्थित सुख्खा खटैला कुलोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सिरहाको लहान नगरपालिका–१३ गणेशपुर बस्ने ६६ वर्षीया सबुरबत्ती चौधरी सोही ठाउँस्थित आँप बँगैचामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । पाल्पाको रामपुर नगरपालिका–८ धारापानी बस्ने ५७ वर्षीय लाल बहादुर श्रेष्ठ सोही नगरपालिका–५ रामघाटस्थित कालिगण्डकी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।