लक्ष्मी सनराईज बैंकद्धारा कार्वन उत्र्सजन सम्वन्धी प्रतिवेदन सार्वजनिक

लक्ष्मी सनराईज बैंकद्धारा कार्वन उत्र्सजन सम्वन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं, बैशाख ३

लक्ष्मी सनराइज बैंकले आर्थकि वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतविेदन सार्वजनकि गरेको छ । वातावरणीय उत्तरदायत्विको प्रतबिद्धता अनुसार बैंकले सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत नष्किासति कार्बन उत्सर्जन प्रतविेदन सार्वजनकि गरेको हो ।


बैंकका अनुसार यो प्रतिवेदनले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५,९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ ।  जसमध्ये सवारी साधन कर्जामार्फत ३,६४४.५१ टन र आवासीय मार्फत १२,३२०.६० टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन भएको छ ।  


बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ) सँग सन् २०२१ देखि आवद्ध हुँदै आएको छ। यो वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो । जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रीन हाउस ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्छ, बैंकले प्रतिवेदन मार्फत भनेको छ ।