सिभिल मलमा खुल्यो ‘चिया अड्डा’ को छैटौं आउटलेट

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’ को छैटौं आउटलेट

काठमाडौं, बैशाख ४


व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया–चेन ‘चिया अड्डा’ को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ । 


उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ । सिभिल मलमा मनोरम वातावरण (एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन् । 


विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको छ । नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ ।