प्रभु बैंकको शाखा पोखराको नयाँ गाउँमा

प्रभु बैंकको शाखा पोखराको नयाँ गाउँमा

काठमाडौं, बैशाख ४


प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँ गाउँमा शाखा खोलेको छ । बैंकका अनुसार पछिल्लो पटक खोलिएको यो शाखा बैंकको तीन सय दुई औं शाखा हो । 


बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्रका अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन् । समुद्धघाटन कार्यक्रममा गौचनले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताइन् । 


प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन् । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नै बिश्वास बैंकले लिएको छ । 


बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय दुई वटा शाखा कार्यालयहरु, दुई सय ८५ एटीएम काउन्टरका साथै ७० एक्सटेन्सन काउन्टर  मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।