जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

काठमाडौं बैशाख ६ 

शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ। योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ।यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ । 

जगदम्बा मोबाइल्स प्रा.लि.का कार्यकारी निर्देशक सक्षम जाटियाले भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँगको सहकार्यले ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताए । त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको बताए । जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँचयोग्य बनाउने उनको विश्वास थियो । सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्नआवश्यकता र प्राथमिकताअनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमाउपलब्ध रहेका छन् । बोल्टकास्मार्टवाचअन्तर्गतरिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन्भनेटिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७०रएक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

कम्पनीका अनुसार यी सबै मोडलहरु दराज लगायत जगदम्बा मोबाईल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् । २०१७ मा वरुण गुप्ता र तरुण गुप्ताद्वारा सह–स्थापना गरिएको बोल्टपछिल्लोआइडिसि प्रतिवेदन अनुसार भारतमा २०२३ मासबैभन्दा छिटोवृद्धि भईरहेकोे वेरेबल ब्राण्ड हो।बोल्टका अत्याधुनिक हेडफोनहरूदेखि स्पिकरहरूले स्टाइल, नवीनता र उत्कृष्ट ध्वनि प्रदर्शनको उत्कृष्ट मिश्रणलाई मूर्त रूप दिन्छ ।