स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगन्जमा

स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगन्जमा

काठमाडौ बैशाख ६ 

विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगन्जको धम्बोजी चोकमा संचालनमा आएको छ । सो शोरुमको प्रतिनिधिसभा सदस्य डा धवल समशेर राणा र नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशान्त बिष्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा स्विच अन रिटेल प्रा.लि.का प्रबन्ध निर्देशकसीमा गोल्छाको पनि उपस्तिथि थियो। कम्पनीको काठमाडौँ उपत्यका भित्र नक्शाल र भक्तपुर गट्ठाघरमा स्विच अनको शोरुम संचालनमा रहेको छ ।

नेपालगन्ज ठुलो महत्वको बजार भएकोले कम्पनीको तेस्रो शोरुम यहाँ खोलिएको कम्पनीकी प्रवन्ध निर्देशक गोल्छाले जानकारी दिईन् । ‘यो पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगन्ज एउटा सम्भावनाको शहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगन्ज नै पहिलो रोजाईमा पर्यो’, उनले भनिन् । 

बिगत ५ वर्ष देखि संचालनमा रहँदै आएको स्विच अन शोरुमँ मोवाइल, टिभी, रेफ्रिजिरेटर, वाशिंग मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ। यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानो संग नयाँ साटेर लिने) सुबिधा पनि उपलब्ध हुनेछ। यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बडि समय लाग्दैन । हाल स्विच अन शोरुममा सामसङ, हिमस्टार, गलान्जÞ, चिंट, अहुजा जस्ता ब्रान्डका सामान उपलब्ध छ ।