सामसङको ग्यालेक्सी एम १४ एलटीई सार्वजानिक

सामसङको ग्यालेक्सी एम १४ एलटीई सार्वजानिक

काठमाडौ बैशाख ६

स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ एलटीईसार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू भएको यो उपकरणलेस्मार्टफोनको यात्रालाई नयाँ गति दिने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार यो फोनमा फोटोग्राफीको लागि एफ १.८लेन्स सहितको शक्तिशाली ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपीको फ्रन्ट क्यामरा रहेको छ । यस्तै यसमा भएको ५००० एमएएच ब्याट्रीले २५ वाट द्रुत चार्जिङलाई समर्थन गर्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले उपभोक्ताहरूका लागि एक जेनुअन २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।ग्यालेक्सी ग्यालेक्सी एम१४ एलटीईले ६.७ ईन्चको पिएलएस एलसिडी ईन्फिटी–यू डिस्प्ले प्रदान गर्दछ ।

साथै यो फोनमा एनरोईड १३ प्लेटफर्ममा निर्मित वान यूआई ५.१ कोर को सुविधा छ । सामसङले यो फोनको लागि दुई जेनेरेसनसम्म ओएस अपग्रेड र ४ वर्षसम्मको सुरक्षा अपडेटहरूको ग्यारेन्टी दिने जनाएको छ ।
ग्यालेक्सी एम१४ एलटीई दुई आकर्षक रङ्गहरूमानिलो र गाढा निलोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो ४/६४जिबी संस्करणको लागि १६ हजार ९९९ रुपैयाँ र ६/१२८ जिबी संस्करणको लागि२१ हजार ९९९ रुपैयाँको मूल्य निर्धारण गरिएको छ । यो मोडेल १८ मे २०२४ बाट देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै सबै अधिकृत सामसङ इन्स्टा फाइनान्स स्टोरहरूमा उपलब्ध इन्स्टा फाइनान्स सेवाको साथमा उपभोक्ताहरूले पनि सजिलैसँग उपकरण प्राप्त गर्न सक्छन् । यो सेवामा शुन्य प्रतिशत ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रीया समावेश छ । इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरुमा नेपालभर उपलब्ध छ ।