सशत्र प्रहरीद्धारा १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा

सशत्र प्रहरीद्धारा १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा

काठमाडौं, बैशाख ६ 

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राती जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिईएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मुल्यांकन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाईल बरामद गरेको छ । मोटरसाइकलमा ल्याउँदै गरेको मोवाईलको मूल्य ५ लाख ३५ हजार र मोटरसाईकलको १ लाख मूल्य कायम गरी आवश्यक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।