मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, बैशाख ९ 

पर्वतको जलजला गाउँपालिका–५ चिप्लेटी बस्ने ४३ वर्षीय बाबुराम केसी सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्वतको फलेवास नगरपालिका–३ घर भई हाल कुश्मा नगरपालिका–५ मिलमिलाप चोक डेरा गरी बस्ने ३३ वर्षीय कृष्ण बिक सोही ठाउँस्थित नमुना चौतारामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–७ स्थित कन्काई सिचाई आयोजनाको नहरमा नुहाउन गएकी सोही नगरपालिका–७ बस्ने राजबिर ऋषिदेवकी छोरी १४ वर्षीया सन्जु ऋषिदेव शनिबार मृत अवस्थामा फेला परेकी छिन् । कपिलवस्तुको मायादेबी गाउँपालिका–४ चाकरचौडा बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका–१० दमकाँटास्थित अरूण नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।