आँबुखैरेनी गाउँपालिकाद्वारा चीनको शाओशान शहरसँग सम्बन्ध स्थापना

आँबुखैरेनी गाउँपालिकाद्वारा चीनको शाओशान शहरसँग सम्बन्ध स्थापना

काठमाडौं, बैशाख ११ 

चीनको पेपोल्स गणतन्त्रको शाओशान शहर र तनहुँ आँबुखैरेनी गाउँपालिकाबीच मित्रता शहर सम्बन्ध स्थापना गर्न सम्झौता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा स्थानीय सरकार प्रमुखको हैसियतले १० दिने चीन भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शाओशान शहरका मेयरसँग सम्झौता गरेका हुन् ।

सम्बन्ध कायम गरेसँगै दुई शहकाबीच कृषि, पर्यटन, अर्थ, संस्कृति लगायत विभिन्न विषयमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ ।

यस्तै, पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बध कायम राखी दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन, पशुपालन लगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।