कटुवा पेस्तोलसहित तीन जना पक्राउ

कटुवा पेस्तोलसहित तीन जना पक्राउ

बाँके, बैशाख ११ 

नेपालगंज उपमहानगरपालिका–१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका–१४ बस्ने हुसेन बागवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।