ललितपुरको भैसेपाटीमा फिल्म ‘एक्टर’को शुभसाइत

ललितपुरको भैसेपाटीमा  फिल्म ‘एक्टर’को शुभसाइत

काठमाडौं, बैशाख १२ 

ललितपुरको भैसेपाटीमा फिल्म ‘एक्टर’ को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव लगायत उपस्थित थिए । 

दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी रहेको थियो । वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ ।

यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् । फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।