डुबेर मृत्यु

डुबेर मृत्यु

नवलपरासी पूर्व, बैशाख १२  

कावासोती नगरपालिका–१४ त्रिभुवनटार डेरा गरी बस्ने तनहुँ घिरिङ गाउँपालिका–२ माहोरकोट घर भएका विष्णुवीर रानाको छोरा १५ वर्षीय रविन रानाको सोही नगरपालिका–१५ स्थित बाँड खोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएका उनी डुबेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।