नेप्सेमा सामान्य बृद्धि

नेप्सेमा सामान्य बृद्धि

काठमाडौं, बैशाख १२ 

नेप्से सामान्य अंकले बढेको छ । आज बुधबार नेप्से शुन्य दशमलव १५ अंकले बढेर एक हजार नौं सय ६९ दशमलव १७ अंकमा पुग्दा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले बढेर तीन सय ४८ दशमलव ५५ अं्रकमा पुगेको छ । तीन सय १३ वटा कम्पनीहरुको ३६ हजार चार सय ८३ पटकको कारोबारमा ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौं सय ९८ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये तीन वटा समुहले कमाएका छन् भने बाँकी समुहहरुले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १९, फाईनान्स समुहको सुचक ४७ दशमलव ६२ र उत्पादनमुलक समुहको सुचक ४९ दशमलव ३८ अंकले बढेको छ । बिकास बैंक समुहको सुचक भने पाँच दशमलव ३१ अंकले घट्दा जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव शुन्य दुई अंकले घटेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ६२ अंकले घट्दा निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ८५ अंकले घटकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज पोखरा फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने माईखोला हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयरको भने सबैभन्दा बढी रकम कारेबार भएको छ ।