स्वर्गिय साहित्कार तथा शिक्षाविद् राजवंशीको तेस्रो स्मृति दिवस सम्पन्न

स्वर्गिय साहित्कार तथा शिक्षाविद् राजवंशीको तेस्रो स्मृति दिवस सम्पन्न

काठमाडौं, बैशाख १२ 

बरिष्ठ साहित्कार तथा शिक्षाविद् स्व.लक्ष्मण राजवंशीको तेस्रो स्मृति दिवस एक श्रद्धाञ्जली सभाकोकार्यक्रम गरी सम्पन्न भएको छ । नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा गरी तीन दर्जन भन्दाबढि पुस्तक लेख्नु भएका संविधानसभा सदस्य तथा शिक्षा क्षेत्रको उदाहरणीय व्यक्तित्व स्व. लक्ष्मण राजवंशीको लोकतन्त्र दिवसकै दिन २०७८ बैशाख ११ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । सामान्य परिवारमा जन्मनु भएका साहित्यकार राजवंशीले लोकतन्त्रका लागि निकै ठुलो योगदान पु¥याएका थिए ।

१९९२ सालमा काठमाडौको वटुमा जन्मिएका राजवंशीको ०७८ बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । ०७० संविधान सभाको सभासद समेत रहेका स्वं राजवंशी सिद्धार्थ बनस्थली संस्थापक प्राचार्य हुनुहुन्थ्यो । स्व.राजवंशीका साहित्य कृति र व्यावहारिक अर्थात जीवनोपयोगी शिक्षासँगै राजनीति चेतना अझै ताजै रहेको छ ।

बालाजु बनस्थली स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटको प्रांगणमा पूर्व विद्यार्थी तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा स्व.राजवंशीका अत्यन्त हितैशी रहेका भक्त बहादुर शाक्यलाई सम्मान गरिएको थियो । श्रद्धाजञ्ली सभामा परिवाजन, विद्यालयका शिक्षक, कर्मचारी ,विद्यार्थी, पत्रकार, साहित्यकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । सभामा स्व.राजवंशीका छोरा प्राचार्य रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गर्दै उहाँका बाँकी सपना पुरा गर्ने बताए । 

अध्ययनमा कहिले नथाक्नु भएका पिता स्व.लक्ष्मण राजवंशीले ८६ वर्षको उमेरमा पनि लेखन र अध्ययन दुवैलाई निरन्तरता दिदै आएका थिए । आफूमात्र नभई सबैलाई अध्ययन अनुशन्धान गर्न प्रेरित गर्नुहुन्थ्यो स्व.पितालाई सम्झदै प्राचार्य रुपक राजवंशीले भने । त्यस्तै तीन दशकसगैं काम गर्दाको अनुभव सम्झदै भक्त बहादुर शाक्यले स्व.लक्ष्मण राजवंशीको आत्मले त्यति बेला शान्ति पाउँछ जब उहाँले छाडेर गएका ज्ञान र अपुरा रहेका उहाँका सपना हामीले पुरा गर्न सक्छौं । त्यसैले सबैले स्व.राजवंशीको स्मरण गर्दै गर्दा उहाँको गर्नु भएको योगदानको अनुशरण गर्नुपर्ने बताए । 

त्यसैगरी कार्यक्रका प्रमुख अथिति डा. सर्वोत्तम श्रेष्ठले स्व.लक्ष्मण राजवंशीको योगदानको बारेमा व्याख्या गरेर कहिले नसकिने बताए । हामीमाझ नरहेतापनि उहाँले स्थापना गर्नुभएको सिद्धार्थ वनस्थली इन्स्टिच्युट र साहित्यलाई अझ बृहतसगै सशक्त बनाउनु पर्ने बताए । त्यसैगरी हरेक वर्ष स्व.लक्ष्मण राजवंशीको स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी, शिक्षक र राष्ट्रलाई योगदान पुर्‍याउने  विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै जाने बताए । 
स्वं लक्ष्मण राजवंशी एक कुशल शिक्षकमात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ समेत रहेका थिए । आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारमा कयौं पटक शिक्षा मन्त्रीको अफर गरेपनि स्वीकार गरेनन् । शिक्षा सैद्धान्तिक भन्दापनि व्यवहारिक हुनु पर्नेमा जोड्दिनु हुने स्व.लक्ष्मण राजवंशीको आत्मले चिर शान्ति पाओस् सबैको कामना ।