झण्डै दुई अर्ब रुपैंयाँ संस्थागत निक्षेप राख्दै लगानी गर्दै राष्ट्र बैंक

झण्डै दुई अर्ब रुपैंयाँ संस्थागत निक्षेप राख्दै लगानी गर्दै राष्ट्र बैंक

काठमाडौ, बैशाख १२ 

नेपाल राष्ट्र बैकले झण्डै दुई अर्ब रुपैंयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । आप्mनो बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८१ जेठ तीन गतेदेखि २०८२ जेठ दुई गतेसम्मको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको संस्थागत निक्षेपकोरुपमा लगानी गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ५५ करोड ५७ लाख, बिकास बैंकहरुको लागि २९ करोड १६ लाख र फाईनान्स कम्पनीहरुको लागि नौं करोड ७२ लाख रुपैंयाँ तोकिएको छ ।  

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १४ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।