लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौं, बैशाख १३ 

लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो दुई वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित दुई शाखा मध्ये एउटा शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित दुई वटा मध्ये एउटा शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न. ८, बोडेमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।हाल लक्ष्मी लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा दुई सय ५८ वटा शाखा, तीन सय २१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र एक सय ३२ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।