नेप्सेमा तीन अंकले गिरावट

नेप्सेमा तीन अंकले गिरावट

काठमाडौं, बैशाख १३ 

नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार तीन दशमलव २४ अंकले घटेर एक हजार नौं सय ६५ दशमलव ५३ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ४८ दशमलव १८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ४२ हजार १६ पटकको कारोबारमा ६३ लाख १२ हजार पाँच सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार पाँच सय ९४ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा पाँच वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् ।

जसमध्ये फाईनान्स समुहको सुचक ६२ दशमलव ६३ अंकले, जीवन बीमा समुहको सुुचक ४३ दशमलव ८३ अंकले, निर्जीवन बीमा समुहको सुचक २० दशमलव ८९ अंकले, सामुहिक लगानी कोष समुहको सुचक क्रमशः शुन्य दशमलव शुन्य आठ र टेडिङ समुहको सुचक तीन दशमलव २४ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने दई दशमलव शुन्य पाँच अंकले घटेको छ भने बिकास बैंक समुहको सुचक पनि सात दशमलव ४५ अंकले घटेको छ । यसैगरी जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज मल्टीपर्पस फाईनान्सले सेयर मुल्य उच्चरुपमा बढेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य उच्च अंकले घटेको छ । पोखरा फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।