करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, बैशाख १४ 

काठमाडौं बालाजु डेरा गरी बस्ने धादिङ घर भएका २६ वर्षीय बिनोद परियारको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित घरमा बागमती प्रदेश–०१–००६ ख ६४६६ नम्बरको पानी ट्याङकरद्वारा पानी हाल्ने क्रममा मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका ट्याङकर सहचालक परियारको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।