एक्सप्लोर अर्थमुर्भस प्रा. लि.को कसमस पम्प प्रदर्शनीमा

एक्सप्लोर अर्थमुर्भस प्रा. लि.को कसमस पम्प प्रदर्शनीमा

काठमाडौं, बैशाख १६ 

एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रा. लि.ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ ।

उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुन्छ । मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १००० हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ ।

नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ । धेरै ग्राहकहरुले यस्तो पम्प खरिद गरी आफ्नो आयोजना पूरा गरी सक्नु भएको र जसले खरिद गर्नु भयो उहाँहरु सन्तुष्ट हुनु हुन्छ । साथै कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको छ । 

यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्धत मिल्ने कम्पनीले जनाएको छ ।