नेप्सेमा उच्च बृद्धि

नेप्सेमा उच्च बृद्धि

काठमाडौं, बैशाख १६ 

नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १४ दशमलव ३३ अंकले बढेर १९ सय ८० दशमलव २७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दशमलव ६२ अंकले बढेर तीन सय ५० दशमलव ८० अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार एक सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ हजार एक सय ५९ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार नौं सय ५५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा टेडिङ समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ५५, बिकास बैंक समुहको ८५ दशमलव ८५, फाईनान्स समुहको सुचक ८१ दशमलव ८९, जलबिद्युत समुहको सुचक १० दशमलव ५१ , जीवन बीमा समुहको सुुचक ७२ दशमलव ३० र निर्जीवन बीमा समुहको सुचक एक सय आठ दशमलव ३१ अंकले बढेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज पोखरा फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने रिभर फल्स पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । यसैगरी पोखरा फार्ईनान्स कै आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।