ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौं, बैशाख १७


ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान गरेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित एक सय २० परिवारहरूको राहत तथा सहयोगार्थ बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एक सय २० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको हो । मिति २०८१ वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो ।


राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन । बैंकले देशैभरि रहेका मातहतका कार्यालयहरू मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ ।


आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।बैंकले हाल एक सय २१ शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।