रबिल श्रेष्ठको सवारी म्युजिक भिडियो सार्वजनिक

रबिल श्रेष्ठको सवारी म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, बैशाख १७ 

धरानको प्रतिभा रबिल श्रेष्ठले आफ्नो नयाँ गीत “सवारी “ म्युजिक भिडियो सहित रिलिज गरेका छन् । यसअघि “आफ्नै लागि “ बोलको गीत ल्याएका रविलको दोस्रो स्टुडियो रेकर्डेड गीत हो “सवारी “ । गायक रबिल श्रेष्ठको शब्द– संगीत रहेको गीतको संगीत संयोजन  अहिलेका लोकप्रिय संगीत संयोजक रोहित शाक्यले गरेका छन् ।

 

धरानका बिभिन्न सांगीतिक कार्यक्रमहरु तथा रेस्टुरेन्ट/क्लबहरुमा आफ्नो सांगीतिक प्रस्तुतिले सबैको मन जितेका रबिल हाल अस्ट्रेलियामा बसोबास गर्छन । अस्ट्रेलियामा बसेपनि गीतसंगीत प्रतिको मोहले उनलाई छाडेको छैन ।

अस्ट्रेलियामा आयोजना हुने बिभिन्न नेपाली कन्सर्टहरुमा उनको प्रस्तुति रहेको हुन्छ । भबिष्यमा संगीत क्षेत्रमा आफ्नो केही गर्ने चाहना राखेका रबिल श्रेष्ठको “सवारी “ गीतले उनलाई एक प्रतिभावान गायकको रुपमा उभ्याएको छ । 

अस्ट्रेलियामा नै छायांकन गरिएको उनको गीत सवारीमा उनीसंगै एरिका महर्जनको अभिनय देख्न सकिनेछ भने म्युजिक भिडियोको छायांकन निशोन शाक्य र निर्देशन सचिन कार्कीको रहेको छ ।  म्युजिक भिडियो रबिलकै अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरियेको छ ।