ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैशाख १७ 

ठगी मुद्दाका फरार प्रतिवादी धादिङ निलकण्ठ नगरपालिका–७ ठेगाना भई काठमाडौं कलंकी बस्ने ४७ वर्षीय भिमसेन कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ समेत भएको एक करोड १० लाख रूपैयाँ ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नख्खिपोटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।