हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, बैशाख १७ 

स्याङजाको वालिङ नगरपालिका–१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा दाङ राप्ती गाउँपालिका–३ घर भइ वालिङ नगरपालिका–१३ बायाँटारी बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
ईलामको आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवासको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ दिपु डाँडा बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।