अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, बैशाख १७ 

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित भारत अररिया मिरगंज–८ बस्ने २५ वर्षीय सैफ जफरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको खजुरा गाउँपालिका–७ बठुवा बस्ने २२ वर्षीय सद्दाम खान र सोही ठाउँ सोनबर्षा बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१३ थापाटोल बस्ने २७ वर्षीय सुकराम बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल डेरा गरी बस्ने बकैया गाउँपालिका–६ घर भएकी २२ वर्षीया अंजली घलान समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम २०० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले अंजलीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका–१ स्थित नमसगरा ढाट टोल बस्ने ५५ बर्षीय प्रमा मुखिया विनललाई अवैध लागूऔषध गाँजा ३ किलोसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सिमा सुरक्षा गुल्म पिपरपातीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।