नेप्सेमा झिनो अंकले सुधार ,कमाउने भन्दा गुमाउने समुह धेरै

नेप्सेमा झिनो अंकले सुधार ,कमाउने भन्दा गुमाउने समुह धेरै

काठमाडौं, बैशाख १७


अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज सोमबार भने झिनो अंकले बढेको छ । नेप्से आज शुन्य दशमलव शुन्य सात अंकले बढेर १९ सय ८० दशमलव ३४ अंकमा पुगेको छ भने न्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले बढेर तीन सय ५१ दशमलव ९५ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार एक सय ७७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार पाँच सय एक रुपैयाँ पुगेको छ ।


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये चार वटा समुहह्रुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् ।

जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव शुन्य तीन, बिकास बैंक समुहको सुचक पनि ६५ दशमलव ४९, फाईनान्स समुहको सुचक ८९ दशमलव २२ र सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले बढेको छ । यि बाहेक जलबिद्युत समुहको सुचक १२ दशमलव १०, जीवन बीमा समुहको सुचक २५ दशमलव २५ र निर्जीवन बीमा समुहको सुचक ५२ दशमलव ६६ अंकले घटेकोमा होटल तथा पर्यटन, लगानी, उतपादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

 
नेप्सेमा आज पोखरा फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने पिपुल्स पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । पोखरा फाईनान्स कै आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।