नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं, बैशाख १७ 

नेपाल एसबिआई बैंक सम्मानित भएको छ । रेमिट्यान्सको आप्रवाहविधातर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल राष्ट्र बैकले उक्त बैंकलाई सम्मानित गरेको हो । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर यही बैशाख १४ गते बैंकलाई सम्मानपत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककूमार दे लाई प्रदान गरेका थिए । बैकले हाल सबै क्षेत्रमा गरी ९७ वटा शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट अफिसका साथै एक सय २१ वटा एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।