‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ स्विम वेयरको विजयी घोषणा फाइनल बुधबार

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ स्विम वेयरको विजयी घोषणा फाइनल बुधबार

काठमाडौं, बैशाख १८ 

‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को स्विम वेयर राउन्डको नतिजा घोषणा गरिएको छ । मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी ट्यालेन्ट राउण्ड दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको थियो । हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो । जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे ।

उत्कृष्ट सात जना घोषणा गरिएको नतिजामा महिला तर्फ अदिती श्रेष्ठ, आयुश्नोभा ढुंगाना, मोनिका अधिकारी, सजिना खनाल, सस्कृति भट्ट, समिका शेरचर र श्रद्घा अधिकारी रहेकाछन् भने पुरुष तर्फ अर्विन गुरुग, मनिष श्रेष्ठ, मिलन भट्टराई, धिरोज काजी बस्नेत र क्षितिज श्रेष्ठ रहेकाछन् ।

नेशनल डाइरेक्टर सन्तोष उपाध्याय मिस सुप्रानेशनल २०२३ समा पराजुली मिस ग्लोब २०२३ रोशनी चन्द मिस्टर इन्टरनेशल २०२२ मानस राई, स्टाइलिस स्मित तामाङ सहित उज्वल के जोशी यस राउन्डको निर्णायक थिए ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरकारवालाको सहयोगले सब टाइटल राउन्ड सफलतापुर्वक सकिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी लगायतका स्थानीय वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । 

त्यसैगरि सोही दिन, तीनघण्टासम्म चलेको ट्यालेन्ट राउन्डको नतिजाको घोषणा भने सोही दिन गरिएको थियो यद्यपि, ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो । महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे ।

पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए । यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए । सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ ।