श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

काठमाडौं, बैशाख १८ 

पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० बर्षिय अफ्रोज अहमदले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका अहमदको साथमा फेला परेको रुपैयाँमा १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट रहेको छ । नियन्त्रणमा लिईएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।