नेप्सेमा उछाल

नेप्सेमा उछाल

काठमाडौं, बैशाख १८ 

नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज मंंगलबार भने २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५८ अंकले बढेर तीन सय ५७ दशमलव ६४ अंकमा चढेको छ । तीन सय २० वटा कम्पनीहरुको आज ७५ हजार दुई सय ७१ पटकको कारोबारमा एक करोड १८ लाख ३८ हजार एक सय ५० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ८० करोड ४४ हजार छ सय एक रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर भएको मध्ये फाईनान्स समुहको सुचक २६ दशमलव ३० अंकले घटेर २१ सय ९८ दशमलव ९६ अंकमा झरेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ४२, बिकास बैंक समुहको सुचक एक सय ९६ दशमलव ३०, जलबिद्युत समुहको सुचक ३८ दशमलव ७९, जीवन बीमा समुहको सुचक ९६ दशमलव ४२ र निर्जीवन बीमा समुहको सुचक दुई सय ४३ दशमलव ३२ अंकले बढेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाएको छ भने पोखरा फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । शाईन रेसुंगा डेभलपमेन्ट बैंकको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।