आई.एम.ई. लाइफद्वारा ३४ दशमलव ५० प्रतिशत लाभांस प्रस्ताव

आई.एम.ई. लाइफद्वारा ३४ दशमलव ५० प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं, बैशाख २० 

आई.एम.ई. लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यही बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको एक सय ९२ औं बैठकले शेयरधनीहरुलाई कुल ३४ द शमलव ५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने एक अर्ब रुपैयाँ बराबरको बोनस शेयर र नौं दशमलव ५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । 

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ कायम हुने कम्पनीले जानकारी दिएको छ ।