जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, बैशाख २०

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।