नेप्से घट्दा कारोबार रकम बढ्यो

नेप्से घट्दा कारोबार रकम बढ्यो

काठमाडौं, बैशाख २० 

नेप्से घट्दा कारोबार रकम बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सात दशमलव ३१ अंकले घटेर १९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ४८ अंकले घटेर तीन सय ५६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ६४ हजार एक सय ८१ पटकको कारोबारमा ९४ लाख ९८ हजार दुई सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम चार अर्ब १३ करोड ३३ लाख ६२ हजार सात सय २६ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा लघुवित्त समुहको सुचक एक सय ३९ दशमलव १३ र व्यापार समुहको सुचक एक दशमलव ८८ अंकले बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६२, बिकास बैंक समुहको सुुचक ८५ दशमलव ५९, फाईनान्स समुहको सुुचक १० दशमलव २२, जलबिद्युत समुहको सुचक २७ दशमलव १४, जीवन बीमा समुहको सुचक ४१ दशमलव ३९ र निर्जीवन बीमा समुहको सुचक एक सय दुई दशमलव ६२ अंकले घट्दा  होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज समता घरेलु लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने पिपुल्स पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोवार भएको छ ।