८६ बर्षिया ज्योती कोइरालाको गीति संग्रह ’ज्योतीको सङ्गालो’ बिमोचन

८६ बर्षिया ज्योती कोइरालाको गीति संग्रह ’ज्योतीको सङ्गालो’ बिमोचन

काठमाडौं, बैशाख २१

जिवनमा केही कुरा गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ बर्षिया ज्योती कोइरालाले पुष्टि गरेका छन् । ८६ बर्षको उमेरमा ज्योती कोइरालाले आप्mनो पहिलो सृजना गीति संग्रह ज्योतीको सङ्गालो’ लिएर आएकी छन् । 

काठमाडौमा आयोजित एक कार्यक्रम बिच पुर्वमन्त्री परिसद अध्यक्ष  खिलराज रेग्मी, बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको बिमोचन गरेका हुन । पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको छ वटा गीतहरु रहेको ज्योतीको सङ्गालो’ मा दीपक शर्माको एकल संगीत रहेको छ । बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ ।

कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारेमा प्रस्ट पार्दै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बताए । कार्यक्रममा ज्योती कोईराला र उजका श्रीमान ठाकुर प्रसाद कोईरालाले डा. भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागि २५ लाख सहयोग स्वरुप प्रदान गरे ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सर्जकका पति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गीति संग्रह निकालिएको बताए । यस्तै लोक गायक बम बहादुर कार्कीले ज्योतीको सङालोमा तिज भाकाका पुराना गितहरु सङ्रहित रहेको  र उहाँ जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताए ।