मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा, बैशाख २१ 

कल्याणपुर नगरपालिका–९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २–०१–००४ प ०८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–९ बस्ने ५७ वर्षीय बद्री यादवको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटी मुस्हर्निया धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकलमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकल चालकलाई उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।