विद्यालयमा अक्षयकोष स्थापना
म्याग्दी (बेनी), २३ वैशाखः
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्यासीखर्कमा रहेको रितुङ्ग माध्यमिक विद्यालयलाई दिवङ्गत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा अक्षयकोष स्थापनार्थ रु पाँच लाख सहयोग हस्तान्तरण गर्दै घरपरिवार । छन्त्याल परिवारले रु पाँच लाख राशीको ‘रामबहादुर हल्जना छन्त्याल स्मृति रितुङ्ग मावि अक्षयकोष’ स्थापना गर्नुभएको छ। तस्बिरः कमल खत्री/रासस