काठमाण्डौंमा अत्याधुनिक ल्याब खोल्न नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिकबिच सम्झौंता

काठमाण्डौंमा अत्याधुनिक ल्याब खोल्न नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिकबिच सम्झौंता

काठमाडौं, बैशाख २३


नेक्सजेन म्यानेजमेन्ट रमंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमासम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो  । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ । बीरगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । अबका ठमाण्डौमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्रा.डा. ठाकुरले जानकारी दिएका छन् । 


काठमाण्डौमा डायग्नोष्सिक सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याव पनि छ । तर अहिले पनि विश्वसनिय डायग्नोष्सिको लागि नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन् । सोहि अवस्थालाई हेरेर विश्वसनिय र भरपर्दो डायग्नोष्सि सेवा दिन काठमाण्डौमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ ।सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट छ÷छैनन् अध्यन गर्नेछ । काठमाण्डौको आवश्यकता अनुसार  कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागि कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि.लाई प्रतिवेदन बुझाउने छ । त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि. आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्नेछ । 


नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो । यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित संचालनको लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिन्छ । साथै नयाँ उद्योग व्यवसाय संचालन गर्नेको लागि सो सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र व्यवसाय संचालनको लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्छ । नेक्सजेनले भखरै नेपाल सरकारबाट द्दण्डज्ञ वैशाख १७ र १८ गते काठमाण्डौमा संचालन भएको लगानी सम्मेलनमा कोरियन कम्पनिसंग सम्झौता गरेको छ । कोरियन पार्टिले नेपालमा संचालन गर्ने छ अर्ब लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनिनेक्सजेन म्यानेजमेन्टले गरिसकेको अवगत गराउन चाहन्छौ ।