बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैशाख २४   

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने कास्की पोखरा महनानगरपालिका–२ घर भएका  ५६ वर्षीय  पदम बहादुर थापा मगर र काठमाडौं टोखा नगरपालिका–७ धापासी बस्ने सिन्धुपाल्चोक थुमपाखर गाउँपालिका–९ घर भएका ५४ वर्षीय महेश कुमार कार्की रहेका छन् । पक्राउ मध्ये पदम बहादुरलाई उच्च अदालत पाटन ललितपुरको २०७६ वैशाख १० गतेको फैसलाले १ महिना कैद र २० लाख रूपैयाँ जरिवाना तथा महेशलाई सोही अदालतको २०८० जेठ १२ गतेको फैसलाले ५ दिन कैद, बिगो रकम १५ लाख रूपैयाँ जरिवाना र क्षतिपुर्ति बापत पीडित राहत कोषमा ६० हजार रूपैयाँ जम्मा गराउने फैसला ठहर भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पदम बहादुरलाई काठमाडौं कलंकीबाट र महेशलाई ललितपुर पुल्चोकबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।