१५ अंकले घट्यो नेप्से,बिकास बैंक बाहेक सबै सुचक रातै

१५ अंकले घट्यो नेप्से,बिकास बैंक बाहेक सबै सुचक रातै

काठमाडौं, बैशाख २४


नेप्से घटेको छ । आज सोमबार पुन १५ दशमलव ६२ अंकले घटेर १९ सय ५८ दशमल ७५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले घटेर तीन सय ४७ दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४८ हजार सात सय नौ पटकको कारोबारमा ६९ लाख ७८ हजार तीन सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ८९ करोड १३ लाख १९ हजार नौं सय ७९ रुपैंयाँ पुगेको छ । 


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक समुहको सुचक नौं दशमलव ३३ अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ४९, फाईनान्स समुहको सुचक ४२ दशमलव १४, जलबिद्युत समुहको सुचक १० दशमलव ६५, जीवन बीमा समुहको सुचक ४६ दशमलव शुन्य पाँच र निर्जीवन बीमा समुहको सुचक एक सय १२ दशमलव ६० अंकले घटेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र टे्रडिङ समुहहरुको सुचक पनि घटेका छ ।


नेप्सेमा आज बोर्टलस नेपाल तराई लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने पोखरा फाईनान्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।