नेप्सेमा सामान्य अंकले बृद्धि ,चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

नेप्सेमा सामान्य अंकले बृद्धि ,चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

काठमाडौं, बैशाख २५

नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने दुई दशमलव शुन्य छ अंकले बढेर १९ सय ६० दशमलव ८१ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ४९ दशमलव ५८ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ३८ हजार दुई सय १४ पटकको कारोबारमा ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब १४ करोड पाँच लाख दुई हजार छ सय २१ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक समुहको सुचक १२ दशमलव ८०, लघुवित्त समुहको सुुचक ९९ दशमलव ९८ अंकले बढेको छ भने सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । यि बाहेकका बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ८६ अंकले घटेको छ भने फाईनान्स समुहको सुचक २१ दशमलव ६० अंकले घटेको छ । जलबिद्युत समुहको सुचक पनि १० दशमलव ४८ अंकले घटेकोमा जीवन बीमा समुहको सुचक पनि ३० दशमलव २२ अंकले घटेको छ । यि बाहेक निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज हिमालयन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । पोखरा फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।